ad ad

खेल


सय रन नबनाउँदै अमेरिकाले गुमायो छैटौँ विकेट

सय रन नबनाउँदै अमेरिकाले गुमायो छैटौँ विकेट

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १४:५४, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकासँगको खेलमा ललित राजवंशीले छैटौं विकेट लिएका छन्। 

ललितले २८ औं ओभरको चौथो बलमा सुसान्त मोदानीलाई २७ रनमा बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए। 

२८ ओभरको समाप्तीमा अमेरिकाले ६ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ। 

दीपेन्द्रले २२ औं ओभरको तेस्रो बलमा जगानन्द सिंहलाई आरिफको हातबाट क्याचआउट गराए। नेपालका लागि यसअघि चार विकेट करण केसीले लिएका थिए। 

नेपालले अमेरिकालाई सुरुबाटै दबाबमा राखेको छ। जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको अमेरिकाले यसअघि दशौँ ओभरमा चौथो विकेट गुमाएको थियो। 

करणले नोसथुस केन्जीगलाई पवेलिएनको बाटो देखाउँदा आफ्नो नाममा ४ विकेट पारे। 

१ रन बनाएका नोसथुसलाई करणले आरिफ शेखको हातबाट क्याच आउट गराए। अमेरिकाविरुद्ध घातक बलिङ गरेका करणले पाँचौ ओभरमा ४ विकेट लिएर मात्र ७ रन खर्चिए।

त्यसअघि करणले नै आठौँ ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए। 

२२ बल खेलेका जोन्सले मात्र २ रनमा पवेलियन फर्के। दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई अर्को सफलता दिलाए।

करणले व्यक्तिगत आफ्नो पहिलो तथा टोलीको  दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई क्याच आउट गराएर सुखद सुरुवात गरेका थिए। 

त्यसपछि पनि करणको बलिङ अमेरिकालाई भारी पर्यो। विश्वकप छनौटको सुपर सिक्समा अटाउन जित्नै पर्ने दबाबमा दुवै टोली छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .