आईसीसी विश्वकप छनोट अन्तर्गत गुलसन झाले नेपालका लागि सातौं विकेट झारेका छन्। गुलसनले ३६.४ ओभरमा निसार्ग पटेललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए।
विकेट पतनसँगै अमेरिका संकटमा परेको छ।
३७ ओभरको समाप्तीमा अमेरिकाले ७ विकेटको क्षतिमा १ सय २९ रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालका लागि करण केसीले चार तथा ललित राजंवशी र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिएका थिए।
48
Shares
प्रतिक्रिया