आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। ओपनर आशिफ शेख आउट भएपछि आएका भीमले ४ चौका मद्दतमा अर्धसतक पूरा गरे।
अमेरिकाले दिएको २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा रन बनाएको छ। भीमको एकदिवसीयमा यो तेस्रो अर्धशतक हो।
अब जितका लागि नेपाललाई ४६ रन आवश्यक छ। भीमलाई दीपेन्द्रले साथ दिइरहेका छन्।
यसअघि नेपालका लागि कुशल भुर्तेल ३९, रोहित पौडेल १६, कुशल मल्ल १३ र आशिफ शेखले १२ रन बनाए।
144
Shares
प्रतिक्रिया