भारतमा सुरु साफ च्याम्पियनसिपमा नेपालका लागि अञ्जन विष्टले गोल फर्काएका छन्।
भारतको बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा खेलको दोस्रो हाफको खेल जारी रँहदा नेपालले एक खेल फर्काएको छ। अञ्जनको गोलसँगै नेपाल ३–१ को अवस्थामा आएको छ।
खेलको पहिलो हाफमा नै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खादा एक् गोल फर्कायो।
खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियामा गोलमा कुवेतले सुरुवाती अग्रता बनाएको थियो। कर्नर प्रहारमा नेपालका डिफेन्डरबीच
तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा खालिदले बललाई पोष्टको गति दिए।
खेलको ४१ औँ मिनेटमा शाहबैब अल्खादीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए।
खेलको ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए।
पेनाल्टी एरियामा नेपालका डिफेन्डर अनन्त तामाङले ह्याण्ड गरेपछि रेफ्रिले कुवेतलाई पेनाल्टी अवसर दिएको थियो। जुन मौकालाई मोहम्मद अब्दुल्लाहले खेर जान दिएनन्।
खेलको ६८ औं मिनेटमा अञ्जन विष्टको गोलमा नेपाल खेलमा फर्कने संकेत गरेको छ।
Shares
प्रतिक्रिया