शनिबार नेपाली राष्ट्रिय टोलीले खेलेका दुवै खेलमा पराजित भएको छ। शनिबार एकैदिन नेपालका फुटबल र क्रिकेटका राष्ट्रिय टोलीले हार भोग्दा क्रिकेटमा विश्वकप खेल्ने फुटबलमा साफको सेमिफाइनमा पुग्ने सपना अधुरै रहेको हो।
भारतमा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतसँगको हारले नेपाली टोली एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ।
बैंग्लोरको कान्तिरभा स्टेडियममा शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २–० ले पराजित हुँदै सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन सकेन र भारतसँग होर भोग्न बाध्य भयो।
अघिल्लो संस्करण भारतसँग नै फाइनल खेलेको नेपाली टोली यो पटक भारतसँगको हारका कारण नै समूह चरणबाट बाहिरिएको हो। नेपाल सन् २०१५ पछि नेपाल समुह चरणबाट बाहिरिएको हो।
साफ च्याम्पियनसिप : भारतसँग नेपालको हार, सेमिफाइनल सम्भावना सकियो
समूह ए मा रहेका नेपाल र पाकिस्तानले लगातार दोस्रो हार व्यहोरेसँगै समूह चरणबाटै बाहिरिएका हुन्। यो समुहबाट आयोजक भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।
समुह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानसँग खेल्नेछ। यो खेल नेपालका लागि प्रतिष्ठाका लागि मात्र हुनेछ।
फुटबल अघि आजै भएको आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको हारले नेपालको विश्वकप खेल्ने सपना फेरि एकपटक अधुरै रहेको छ।
नेदरल्यान्डस्सँग ७ विकेटले पराजित भएपछि नेपाली टोली विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो।
नेपालको हारसँगै नेदरल्याण्डस भने सुपर सिक्समा पुगेको छ। समूह ए बाट नेदरल्याण्डस्सँगै जिम्बाबे र वेष्ट इण्डिजले सुपर सिक्समा स्थान पक्का गरेका छन्। यो समुहबाट नेपाल र अमेरिका भने सुपर सिक्सको यात्राबाट बाहिरिएका छन्।
समूह बी बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन्।
सुपर सिक्समा पुग्ने नेपालको सपना अधुरै रहेपछि नेपालले अव ७ देखि १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ। प्लेअफमा नेपालले समूह बी का पुछारको टोलीसँग खेल्नेछ। नेपालले समुह बी को पुछारका टोली आयरल्याण्ड र युएईसँग खेल्नेछ।
नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो।
सुपर सिक्समा पुग्नका लागि निर्णायक मानिएको खेलमा नेपालका ब्याटरहरु चल्न सकेनन्।
Shares
प्रतिक्रिया