नेपाली राष्ट्रिय फुटबल टोलीका सरु लिम्बु र दीपा न्यापौनेसहित पाँच खेलाडीलाई मोरङको पथरी-शनिश्चरे नगरपालिकाले नगदसहित सम्मान गरेको छ।
नगरपालिकाले आइतबार तैह्रौँ नगरसभामा राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका तिन र उमेर समूहका दुई खेलाडीलाई एकै साथ सम्मान गरेको हो। नगरपालिकाले पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो।
नगरपालिकाले सिनियर टोलीका सरु र दिपा तथा पुरुष टोलीका दीपक राई तथा उमेर समूहका रूपा धिमाल र पुनम चेम्जोङलाई सम्मान गरेको हो। रुपाले नेपालको यू–१५ र पुनमले यू–१७ बाट नेपालको प्रतिनिधित्व गरेका थिए।
नगरपालिकाले पहिलो चरणमा फुटबल खेलाडीलाई सम्मान गरेको हो। आगामी दिनमा आफ्नो नगरपालिकाका अन्य खेलका खेलाडीलाई पनि सम्मान गर्दै जाने नगरपालिकाले बताएको छ।
492
Shares
प्रतिक्रिया