क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच आगामी सिजनसम्म रियल मड्रिडमै रहने भएका छन्।
मोड्रिचले सन् २०२४ को समरसम्म रियलमा रहनका लागि सम्झौता गरेका छन्।
रियलसँगको सम्झौता सकिएपछि मोड्रिच पनि साउदी अरेबियाको प्रो लिग जाने चर्चा थियो। तर स्पेनको राजधानीमा नयाँ सम्झौता गरेपछि मोड्रिचले होम स्वीट होम लेख्दै ट्वीट गरेका थिए।
सन् २०१२ मा टोटनह्यामबाट रियल आएदेखि ३७ वर्षिय मोड्रिचले ४ सय ८८ खेल खेलेका छन्। जसमा उनले तिन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन्।
सन् २०१८ मा क्रोएसिया विश्वकपको फाइनलमा पुग्दा बालोन डि ओर जितेका थिए।
12
Shares
प्रतिक्रिया