सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा तालिममा पठाइएको सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले जानकारी दिए।
सार्थक बागमती प्रदेशका अन्डर १६ कप्तान भैसकेका तथा राष्ट्रिय टिमको अन्डर १६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन्। पाँचपोखरी थाङपाल ३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन्।
भारतको बहु प्रतिष्ठित रणजी ट्रफी समेत खेली सकका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा ३ महिनासम्म ट्रेनिङको लागि आज औपचारिक रूपमा गाउँपालिका अध्यक्ष टासी लामाले शुभकामना सहित बिदाइ गरे।
42
Shares
प्रतिक्रिया