आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपाल यूएईसँग भिड्ने भएको छ।
समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनको फराकिलो अन्तरले पराजित यूएई नेपालसँग प्लेअफ खेल्ने भएको हो।
नेपाल समूह एको चौथो र यूएई समूह बीको पुछारमा रहेपछि उनीहरु प्लेअफ खेल्ने पक्का भएको हो। दोस्रो प्लेअफ म्याचमा नेपाल र यूएई आइतबार आमनेसामने हुनेछन्।
छनोटको पहिलो प्लेअफमा समूह एको पुछारमा रहेको अमेरिका र समूह बीको चौथो स्थानमा रहेको आयरल्यान्ड खेल्नेछन्। उनीहरुबीच शुक्रबार खेल हुनेछ।
यी दुई प्लेअफका विजेता टोलीले सातौं स्थानको लागि ४ जुलाई अर्थात् मंगलबार खेल्नेछन्। प्लेअफमा हार्ने दुई टोली नवौं स्थानका लागि ६ जुलाईमा खेल्नेछन्।
समूह एबाट शीर्ष स्थानमा रहँदै जिम्बावे, दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्स र तेस्रो स्थानमा रहँदै वेस्ट इन्डिजले सुपर सिक्समा स्थान बनाएका छन्।
समूह बीबाट शीर्ष स्थानमा रहँदै श्रीलंका, दोस्रो स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको ओमान सुपर सिक्समा पुगेका छन्।
सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
Shares
प्रतिक्रिया