इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियो टोटनह्याममा अनुबन्ध भएका छन्। भिकारियो सिरी ए क्लब एम्पोलीबाट पाँच वर्षका लागि टोटनह्याम भित्रिएका हुन्।
स्विडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले आफ्नो लोन स्पेललाई स्थायी रुपमा परिणत गरेपछि नयाँ प्रबन्धक एन्जे पोस्टेकोग्लोले हस्ताक्षर गरेका हुन्।
२६ वर्षीय भिकारियोले एम्पोलीमा २ वर्ष बिताए। स्पर्सका कप्तान तथा ह्युगो लोरिसको सम्झौता अवधि १२ महिना बाँकी छ।
भिकारियोले उडिनेसबाट आफ्नो खेल करियर सुरु गरेका थिए। सिरी एमा २०२१ जुलाईमा एम्पोलीमा सामेल हुनुअघि क्याग्लियारी, पेरुगिया र भेनेजियामा आफ्नो प्रभाव जमाएका थिए।
गत सिजन भिकारियाले ३१ लिग खेलमा ३९ गोल खाएका थिए भने सात क्लिन सिट राखेका थिए।
30
Shares
प्रतिक्रिया