म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिकलाई चेल्सीबाट २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ।
२९ वर्षीय कोभासिकका लागि एड-अनहरुमा सम्भावित ५ मिलियन पाउन्डको सम्झौता छ। सिटीले कोभासिकलाई चार वर्षका लागि अनुबन्ध गरेको हो।
गत सिजन ट्रेबल च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिक समरमा सिटीको पहिलो अनुबन्ध हो।
सिटीमा आबद्ध भएपछि कोभासिकले भने, यो मेरा लागि उत्कृष्ट अवसर हो। म सिटीमा आफ्नो सुरुवात गर्न पर्खन सक्दिनँ। पेप गार्डियोलाको नेतृत्वका लागि यो टोल हेरेका जो कोहीलाई थाहा छ कि तिनीहरु कत्ति राम्रा छन्। मेरा लागि उनीहरु विश्वका उत्कृष्ट हुन्।
उनले थपे, यो टोलीमा सामेल हुन कुनै पनि फुटबलरका लागि सपना हो। मैले अझै धेरै सिक्न र विकास गर्न बाँकी छ। मलाई थाहा छ- पेपको व्यवस्थापनमा म राम्रो खेलाडी बन्न सक्छु, जुन मेरा लागि साँच्चैको रोमाञ्चक छ।
कोभासिक २०१८ अगस्टमा रियल मड्रिडबाट चेल्सी आएका थिए।
Shares
प्रतिक्रिया