जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस क्लब टोटनह्याम फरवार्ड ह्यारी केनलाई भित्र्याउने प्रस्तावमा सुधार गरेको छ।
बायर्नले इङल्यान्डका कप्तान २९ वर्षीय केनलाई ल्याउन ७० मिलियनको प्रस्ताव गरेको थियो। तर उनीबारेको यो प्रस्तावलाई टोटनह्यामले अस्वीकार गरेको बताइएको छ।
यो सिजनको बुन्डेस लिगा च्याम्पियनले केनलाई ल्याउन नयाँ प्रस्तावको तयारी गरेको बुझिएको छ। जसले उनको स्थानान्तरण हुने विश्वास गरिएको छ।
जर्मन समाचार संस्थाहरुका अनुसार केनले व्यक्तिगत सर्तहरुमा सहमति जनाइसकेका छन्।
समर ट्रान्सफर विन्डोमा केनलाई लैजानका लागि रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए।
क्लब एकेडेमीबाट आएका केनले ४३५ खेलमा २ सय ८० गोल गरिसकेका छन्। उनी टोटनह्यामका लागि सबै समयका कीर्तिमानी गोलकर्ता हुन्।
48
Shares
प्रतिक्रिया