टोटनह्याम र लेस्टरका मिडफिल्डर जेम्स म्याडिसन सम्झौता नजिक पुगेका छन्। टोटनह्याम म्याडिसनका लागि ४० मिलियन पाउण्ड तिर्न तयार भएको छ।
इङल्याण्डका तीन क्याप जितेका र फक्सलाई २०२१ मा एफए कप जिताउन महत्वपूर्ण भूमिका खेलेका म्याडिसनको बुधबार स्पर्समा मेडिकल गरिनेछ।
सन् २०१८ मा नर्विचबाट २० मिलियन पाउण्डमा लेस्टर आएदेखि उनले २०३ खेल खेलेका छन्। म्याडिसनले पछिल्लो समय प्रिमियर लिगमा १० गोल गरेका थिए। तर क्लबलाई रेलिगेसनबाट बचाउन सकेनन्। लिगमा उनले ५५ गोल गर्दा ४१ असिस्ट दिए।
स्पर्स टोलीलाई क्रिस्टियन एरिक्सनले छाडेपछि प्ले मेकरको अभाव देखिएको छ। न्यु क्यासलले पहिला पनि म्याडिसनलाई साइन गर्ने प्रयास गरेको थियो। तर यो समरमा उनीहरुको ध्यान अन्य खेलाडीमा केन्द्रित भएको छ।
टोटनह्यामले यसअघि इटालियन गोलकिपर गुल्गिएल्मो भिकारियोलाई सिरि ए एम्पोलीबाट अनुबन्ध गरेको छ।
प्रबन्धक पोस्टेकोग्लोको आगमनपछि स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीको ऋण युभेन्टसबाट स्थायी बनाईएको छ।
Shares
प्रतिक्रिया