चेल्सी तथा इंग्ल्यान्डका मिडफिल्डर मेसन माउन्ट म्यानचेस्टर युनाइटेड पुगेका छन्।
युनाइटेडले २४ वर्षीय माउन्टलाई ५५ मिलियन पाउन्ड र थप ५ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गर्ने सम्झौता गरेको छ।
माउन्ट ६ वर्षको उमेरमा चेल्सी आएका थिए।
आगामी सिजनका लागि च्याम्पियन्स लिगका लागि छनोट भएको युनाइटेड टोली बलियो बनाउने प्रयासमा लागि परेको छ।
चेल्सीले गत सिजन टोलीका लागि ६ सय मिलियन पाउन्ड खर्च गरेको थियो। युनाइटेडले चेल्सीका पहिलो तीन प्रस्ताव अस्वीकार गरेको थियो। तर दुई क्लबबीचको वार्ता यो हप्ता पुनः सुरु भएको थियो।
माउन्ट र चेल्सीको सम्झौता अर्को वर्ष सकिँदै छ। तर नयाँ सम्झौतका लागि असमर्थ भएपछि चेल्सीले माउन्टलाई युनाइटेडमा बेचेको हो।
सन् २०१९ मा सिनियर टोलीमा डेब्यु गरेपछि माउन्टले १९५ खेलमा ३३ गोल गरेका छन्।
माउन्टसँगै युनाइटेडले बेन्फिकाका गोन्कालो रामोससँग पनि सम्झौतानजिक पुगेको छ।
Shares
प्रतिक्रिया