अर्जेन्टिनी जेराडो मार्टिनो ‘टाटा’ अमेरिकी मेजर लिग सकर (एमएसएल) मा फर्किएका छन्। इन्टरमियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरिएको हो।
मार्टिनो पाँच वर्षपछि एमएसएलमा फर्किएका हुन्। यो बिचमा उनले मेक्सिकोको राष्ट्रिय टोली व्यवस्थापन गरे र कन्काकप गोल्डकप जितेका थिए।
६० वर्षीय मार्टिनोले फिल नेभिलको स्थान लिनेछन्। नेभिललाई जुन १ मा बर्खास्त गरिएको थियो।
मार्टिनो इन्टर मियामीको प्रशिक्षक बनेसँगै मेस्सी र उनी तेस्रो पटक सँगै काम गर्नेछन्। सात पटकका बालोन डी ओर विजेता मेस्सी र मार्टिनो सन् २०१३–१४ मा बार्सिलोनामा सँगै काम गरेका थिए।
मेस्सी यही समरमा फ्रान्सेली क्लब पिएसजी छाड्दै मियामी आएका थिए।
33
Shares
प्रतिक्रिया