ad ad

खेल


यूएईविरुद्ध सन्दीपले लिए २ विकेट, दबाब बढाउँदै नेपाल

यूएईविरुद्ध सन्दीपले लिए २ विकेट, दबाब बढाउँदै नेपाल

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १४:४९, काठमाडौँ

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ। 

हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजे । 

नेपालले पहिले बलिङका क्रममा अहिलेसम्म यूएईका ४ विकेट झारिसकेको छ। नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र गुलशन झाले १/१ विकेट लिएका छन्। 

नेपालका लागि करणले सुरुवाती दोस्रो बलमै यूएईका आशिफ खानलाई पवेलियन फर्काए। आशिफले २ बल खेल्दै शून्यमा आउट भए।

त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिए। खेलको १४.६ ओभरमा सन्दीपले आर्यंश शर्मालाई ४३ बलमा २८ रन बनाएको अवस्थामा आरिफ शेखको हातबाट क्याच आउट गराए।

त्यसपछि २२.५ ओभरमा सन्दीपले नै २८ बलमा १० रन जोडेको अवस्थामा रामिज शहजादलाई पवेलियन फर्काए। 

पछिल्लो पटक गुलशन झाले भिर्टिया अरबिन्दलाई पवेलियन फर्काएका छन्। अरबिन्द ७५ बलमा ४४ रन बनाएको अवस्थामा पवेलियन फर्किए।

अहिले यूएईबाट क्रिजमा बासिल हमिद र रोहन मुस्ताफा छन्। मुस्ताफाले २० बलमा ७ रन बनाएका छन्। बासिल भर्खरै मैदान छिरेका हुन्। 

यो खेलको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्ने तालिका छन्।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई हराउँदै आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरिसकेको छ।

यो खेलमा हार्ने टोली भने नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .