ad ad

खेल


विश्वकप प्लेअफ : यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

विश्वकप प्लेअफ : यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १६:१९, काठमाडौँ

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा यूएईले नेपाललाई १८२ रनको चुनौती दिएको छ। 

हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा यूएईले ४६.५ बल खेल्दै सबै विकेटको क्षतिमा १८१ रन बनाएको हो।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दिपेन्द्रसिंह एरीले व्यक्तिगत १-१ विकेट लिए। 

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। त्यसैगरी ओपनर आर्यन शर्माले २८ रन जोड्न सफल भए। यूएईका ५ जना दोहोरो स्कोर नगरी बाहिरिए। 

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ। सहज स्कोरको चुनौती पाएका नेपालले यो खेलमा जित निकाल्ने अपेक्षा छ।

यूएईविरुद्ध पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका छन्। त्यस्तै प्रतिस जिसी र अर्जुन साउदलाई अवसर दिइएको छ। 

यो खेलको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्ने तालिका छ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई हराउँदै आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरिसकेको छ।

यो खेलमा हार्ने टोली भने नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .