नेपाली युवा टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१६ इष्ट जोनको उपाधि जितेको छ।
यससँगै नेपालले सीसी यू–१६ इष्ट जोनको उपाधिमाथि ह्याट्रिक गरेको छ। यसअघि नेपालले सन् २०१७,२०१९ को उपाधि उचालेको थियो। कोरोनाका कारण बितेका ३ वर्ष उक्त प्रतियोगिता हुन सकेको थिएन।
मंगलबार सम्पन्न फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा गरेको हो।
नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो।
नेपालको तर्फबाट नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रन जोडेका थिए।
मलेसियालाई कम स्कोरमा रोक्न अभिषेक तिवारी एक्लैले पाँच विकेट लिए। ६ ओभर बलिङ गरेका अभिषेकले १ मेडन राख्दै मात्र ७ रन दिए। सन्तोष यादवले ३ विकेट झारे। ३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ९ रन खर्चे। सागर गैरे र अशोक धामीले समान १ विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया