ad ad

खेल


आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, टोलीमा दुई परिवर्तन

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, टोलीमा दुई परिवर्तन

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार १२:४०, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हुने खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। टेस्ट राष्ट्र आयरल्यान्डसँग नेपाल पहिलो पटक भिड्न लागेको हो।

आयरल्यान्डविरुद्धको टोलीमा नेपालले दुई परिवर्तन गरेको छ।

यसअघि प्लेअफमा युएईविरुद्ध खेलेका आरिफ शेख र प्रतिश जिसीको स्थानमा कुसल मल्ल र किशोर महतोले मौका पाएका छन्। 

नेपाली टोलीमा कुसल भुर्तेल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुल्सन झा र भीम सार्की रहेका छन्। 

यसअघि छुट्टा छुट्टै समूहमा रहेका नेपाल र आयरल्यान्ड प्लेअफका आआफ्ना खेल जित्दै सातौं स्थानका लागि भिड्न लागेका हुन्। सातौँ स्थानका लागि भएको प्लेअफमा नेपालले युएईलाई र आयरल्यान्डले अमेरिकालाई पराजित गरेका थिए। 

यूएई र अमेरिका भने नवौँ स्थानका लागि भिड्नेछन्। यो खेल बिहीबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .