फ्रान्सेली क्लब छाडेर यसै सिजन अमेरिकाको इन्टर मियामी पुगेका लियोनल मेस्सीको पहिलो तस्वीर सार्वजनिक भएको छ।
न्युयोर्कको एडिडास स्टोरमा मेस्सीको ‘असम्भव आउँदैछ’ भन्ने नाराका साथ पहिलो तस्विर देखिएको हो।
सात पटकको बालोन डि ओर विजेता मेस्सी पीएसजी छाडेर यो समरमा फ्रि एजेन्टको रुपमा अमेरिका जाने बताएका थिए।
अमेरिकाको न्युयोर्क शहरको सोहो नजिक रहेको एडिडास स्टोरमा हस्ताक्षर, छाप पुगेको पुष्टि भएको छ।
स्टोरको ढोकामा गुलाबी रङको इन्टर मियामी होम किटमा मेस्सीका छविहरु बनाइएका छन्। रोलिङ स्क्रिनमा एडिडासको मानक असम्भव आउँदैछ भनेर ब्रान्डिङ देखाइएको छ।
पसलभित्र किन्नका लागि मेस्सीका कुनैपनि जर्सीहरु छैनन् तर मेस्सी ब्रान्डेड मियामी र अर्जेन्टिनाको खेल सामग्री भने जताततै छन्।
मियामीको जर्सीमा मेस्सीलाई १० नम्बरको जर्सीमा देखाइएको छ।
90
Shares
प्रतिक्रिया