ad ad

खेल


यूएई ‘ए’ १५७ रनमै समेटियो, कुशल भुर्तेलले लिए ६ विकेट

यूएई ‘ए’ १५७ रनमै समेटियो, कुशल भुर्तेलले लिए ६ विकेट

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १३:२७, काठमाडौँ

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल यूएई ‘ए’सँग खेलिरहेको छ।

कोलोम्बोस्थित पि सारा ओभलमा यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको हो।

यूएईका लागि ओपनर भप्रित सिंहले ८२ बलमा ५२ रनको सर्वाधिक पारी खेले। अन्य कुनै पनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन।

नेपालले यसअघि पाकिस्तान ‘ए’ र भारत ‘ए’सँग हारेपछि यूएईविरुद्धको खेल सान्तवनाका लागि हुनेछ।

नेपालका लागि अलराउन्डर कुशल भुर्तेल एक्लैले यूएईका ६ विकेट झारेका छन्। 

उनले यूएईका ३ देखि आठौं क्रमका खेलाडीहरुलाई पबेलियन फर्काए। उनले इथान डिसुजालाई २३.६ ओभरमा २५ बलमा १८ रन बनाएको अवस्थामा एलबीडब्लुमा पारे।

त्यसपछि ओपनर लभप्रित सिंहलाई ८२ बलमा ५२ रन बनाएको अवस्थामा २५.५ ओभरमा आउट गराए।

उनले आश्वान्थ भलथापालाई ३३.३ ओभरमा ३२ बलमा १६ रन बनाउँदा आउट गराए। त्सैगरी फहाद नवाजलाई पनि कुशलले २७.५ ओभरमा ६ बलमा ४ रन बनाउँदा क्रिजबाट हटाए।

कुशलले नै कप्तान अलि नासिरलाई २९.४ ओभरमा ५ बलमा १ रन जोड्दा पबेलियन फर्काए।

त्यसैगरी उनैले मोहम्मद फहराउद्धिनलाई १२ बलमा ४  रन बनाउँदा फिर्ता पठाए। 

नेपालका लागि श्याम मौसम ढकालले २, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिन सफल भए। 

आजको खेलमा भारत 'ए' सँग खेलेका चार खेलाडी फेरिएको छ। भीम सार्कीको साटो सन्दीप जोरा तथा आसिफ शेखको ठाउँमा अर्जुन साउद आएका छन्। 

सोमपाल कामीलाई प्रतिश जिसीले र ललितनारायण राजवंशीलाई श्याम ढकालले विस्थापित गरेका छन्। 

नेपालले भारत ‘ए’सँग नेपाल ९ विकेटको हार भोग्यो। पाकिस्तासँग पनि ४ विकेटले हारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .