फिलिपिन्सलाई पराजित गर्दै स्विट्जरल्याण्डले महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।
शुक्रबार घरेलु भूमिस्थित डुनेडिन स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डले फिलिपिन्सलाई २–० गोल अन्तरले हराएको हो।
खेलको ४५ औं मिनेटमा रामोन बच्मानको गोलमा स्विट्जरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ६४ औं मिनेटमा सेरेना पियुबेलको गोलमा स्विट्जरल्याण्डले अग्रता दोब्बर पार्यो।
जितसँगै स्विट्जरल्याण्ड समुह ए को अंक तालिकाको शीर्ष स्थानमा छ। घरेलु टोली न्युजिल्याण्ड दोस्रो स्थानमा छ। नर्वे र फिलिपिन्स अंकविहीन छन्।
यसअघि आजै अष्ट्रेलियाको मेलर्बन रेक्टाङगुलर स्टेडियममा भएको खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
बराबरीसँगै क्यानडा समुह बी को अंक तालिकाको दोस्रो र नाइजेरिया तेस्रो स्थानमा छन्।
पहिलो खेलमा जित निकालेको अष्ट्रेलिया ३ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
Shares
प्रतिक्रिया