ad ad

खेल


इमर्जिङ एसिया कप : उपाधि जित्न भारतलाई पाकिस्तानले दियो ३५३ रनको चुनौती

इमर्जिङ एसिया कप : उपाधि जित्न भारतलाई पाकिस्तानले दियो ३५३ रनको चुनौती

नेपालखबर
साउन ७, २०८० आइतबार १८:७, काठमाडौँ

श्रीलंकाको कोलम्बोमा भइरहेको इमर्जिङ एसिया कप क्रिकेटको फाइनल भिडन्तमा चिरप्रतिद्वन्द्वी भारतको ए टिमविरुद्ध  पाकिस्तान एले शानदार स्कोर तयार पारेको छ।

फाइनल भिडन्त कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहँदा पाकिस्तानले भारतविरुद्ध शानदार ब्याटिङ गर्दै ३५३ रनको चुनौती दिएको हो।

भारत ए ले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेपछि पाकिस्तानले पूरै ५० ओभर ब्याटिङ गर्दै स्कोर ३५२ रनमा  पुर्‍याएको हो। 

पाकिस्तानको स्कोर साढे ३ सयमाथि लैजाने क्रममा तैय्यब ताहिरले ७१ बलमा विस्फोटक  १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने। 

मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३५२ रनमा पुर्‍याएको हो।

पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए। 

भारतका लागि रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए। त्यसैगरी राभर्दन हङगरगेकरले पनि २ विकेट लिन सफल भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .