नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको राष्ट्रिय टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
नेपालले आगामी भदौ २२ र २५ गते दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दुवै खेल म्यानमारको यांगोनमा हुनेछन्।
फिफा विन्डोमा हुने दुई मैत्रीपूर्ण खेललाई विश्वकप छनोट २०२६ अन्तर्गत एशियाली छनोटको तयारीका रुपमा लिइएको छ।
विश्वकप छनोटको पहिलो चरणमा नेपालले असोज २५ र ३० गते खेल्नेछ।
विश्वकप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
24
Shares
प्रतिक्रिया