ad ad

बागमती


बागमतीले सडक बगाउँदा मकवानपुर-सिन्धुली आवतजावत बन्द

बागमतीले सडक बगाउँदा मकवानपुर-सिन्धुली आवतजावत बन्द

नेपालखबर
साउन २३, २०८० मंगलबार १२:२८, हेटौँडा

वर्षाका कारण मकवानपुरबाट सिन्धुली आवतजावत गर्ने मदनभण्डारी लोकमार्ग बन्द भएको छ।

मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जाड्ने सडक बागमती नदीले बगाएको हो। 

आज बिहान पहिरोसँगै सडक बग्दा उक्त लोकमार्ग बन्द भएको स्थानीयले जानकारी दिए।

उनीहरुका अनुसार सडकको थोरै भाग बाँकी रहेकाले दुईपाङ्ग्रे सवारीसाधन भने मुस्किलले ओहोरदोहोर गरिरहेका छन्।

नदीका बहाव बढ्दै गएकाले सडक अझै भासिन सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .