ad ad

खेल


नेयमार साउदी क्लब अल-हिलालमा आवद्ध, भने : नयाँ इतिहास कोर्न आएँ

नेयमार साउदी क्लब अल-हिलालमा आवद्ध, भने : नयाँ इतिहास कोर्न आएँ

नेपालखबर
साउन ३१, २०८० बुधबार १२:९, काठमाडौँ

ब्राजिलियन फरवार्ड नेयमार जुुनियर साउदी प्रो लिग क्लब अल–हिलालमा आवद्ध भएका छन्।

३१ वर्षीय नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै साउदी क्लबमा जोडिएका हुन्। 

अल हिलाल पुगेपछि नेयमारले भने, ‘मैले युरोपमा थुप्रै उपलब्धि हासिल गरेर विशेष समयको आनन्द लिएको छु। तर म विश्वव्यापी खेलाडी बन्न चाहान्छु। नयाँ ठाउँमा नयाँ चुनौती र अवसरसँग आफूलाई परीक्षण गर्न चाहान्छु।’ 

उनले थपे आफू खेलकुदमा नयाँ इतिहास लेख्न साउदी आएको बताएका छन्।

‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहान्छु। साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरु छन्’, उनले भने, ‘मैले सुनेको, सिकेको छु। साउदी अरबमा वर्षौँदेखि खेलेका ब्राजिलियनहरुको लामो सूची पछुयाउँदैछु। मलाई विश्वास छ यो इच्छित स्थान पनि हो।’ 

अल हिलालका अध्यक्ष फदाह बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन्। 

यता पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक नेयमार जस्ता अद्भूत खेलाडीलाई बिदाइ गर्न सधैँ गाह्रो हुने बताए। 

‘नेयमार पीएसजी आएको दिन म कहिल्यै बिर्सने छैन। विगत ६ वर्षमा उनले हाम्रो क्लब र योजनामा ठूलो योगदान दिए’, उनले भने। 

नेयमार आगामी २ वर्ष अल–हिलालमा रहने छन्। नेयमार ९० मिलियन युरो प्लस एड–अनमा पीएसजीबाट अल–हिलाल पुगेका हुन्। 

यसअघि पीएसजी छाड्दै अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी पनि अमेरिकी क्लब इन्टर मायमी पुगेका थिए। 

अर्का फरवार्ड तथा फ्रान्सेली स्टार केलियन एमबाप्पेले क्लब छाड्न चाहे पनि उनी अबको एक वर्ष पीएसजीमै रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .