स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाले घरेलु मैदानमा भएको सिजनको पहिलो खेलमा जित हात पारेको छ।
आइतबार राति ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले काडिजलाई २–० गोल अन्तरले पाखा लगायो।
खेलको ८२ औं मिनेटमा म्यानचेष्टर सिटीका पुर्व कप्तान इल्के गुन्डोथनको पासमा पेड्रिले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको इन्ज्युरी समयमा लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्दै जित निश्चित गरे।
बार्सिलोनाले गत साता भएको सिजनको पहिलो खेलमा गेटाफेसँग बराबरी खेल्दै लिगको सुरुवात गरेको थियो।
बार्सिलोनाका लागि लामाइन यामलले १६ वर्ष ३८ दिनमा बार्सिलोनाका लागि खेल्दै सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
जितसँगै ४ अंक बनाएको बार्सिलोना पाँचौं स्थानमा उक्लेको छ।
गएराति भएकै अर्को खेलमा जिरोनाले गेटाफेलाई ३–० ले पराजित गरेको छ। जितसँगै जिरोना ४ अंकमा तेस्रो स्थानमा उक्लेको छ।
अर्को खेलमा रियल बेटीस र एथलेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
Shares
प्रतिक्रिया