नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित इजरायली क्लब हापोयल रानानाले अथेना कपमा पहिलो हार व्यहोरेको छ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा रानाना हापोयल कटामोनसँग ६–० गोल अन्तरले पराजित भएको हो।
साम्बा सम्मिलित रानानाले अथेना कपको दोस्रो चरणमा हादेरा एफसीलाई २–० ले पराजित गरेको थियो।
अथेना कपमा शिर्ष डिभिजनको लिग खेल्ने आठ टोली सहभागी छन्।
198
Shares
प्रतिक्रिया