डिफेन्डिङ च्याम्पियन आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई बुधबार बिहान ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले पराजित गर्यो।
पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल खेल आजै हुनेछन्।
पुरुष र महिला दुवैतर्फको सेमिफाइनल बिहीबार र फाइनल शनिबार हुनेछन्। महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया