इङ्लिस कप्तान ह्यारी केन नयाँ क्लब बायर्न म्युनिखमा निरन्तर चम्किन थालेका छन्।
उनले बुन्डेस लिगाको नयाँ सिजनका दुई खेलमा बायर्नका लागि ३ गोल गरिसकेका छन।
गएराति भएको बुन्डेस लिगाको दोस्रो चरणको खेलमा केनले एफसी अउसबर्गविरुद्ध २ गोल गराउँदै बायर्नलाई सहज जित दिलएका छन्।
बायर्नले खेलको ३२ औँ मिनेटमा फेलिक्स ऊडोखाईको आत्मघाती गोलमा अग्रता बनाएको थियो।
त्यसपछि बायर्यनका लागि केनले खेलको ४० औँ मिनेटमा पेनाल्टीबाट गोल गरे।
खेलको ६९ औँ मिनेटमा केनले नै अर्को गोल थप्दै अग्रता ३-० मा पुर्याए।
तर अउसबर्गले पनि खेलमा फर्किने कोसिस गर्यो। उसका लागि खेलको ८६ औँ मिनेटमा डियोन डेर्ना बिल्जोले १ गोल फर्काए।
यसअघि केनले सिजनको पहिलो खेलम वेर्डर बेर्मेनविरुद्ध गोल गर्दै बुन्डेस लिगामा डेब्यु गरेका थिए। उनले बायर्नका लागि एक गोल असिस्ट पनि गरेका थिए।
66
Shares
प्रतिक्रिया