ad ad

खेल


पूर्वप्रेमिकाको आरोपपछि एन्थोनी विश्वकप छनोट खेल्ने टोली बाहिर

पूर्वप्रेमिकाको आरोपपछि एन्थोनी विश्वकप छनोट खेल्ने टोली बाहिर

नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:५७, काठमाडौँ

दुर्व्यवहारको आरोप लागेपछि म्यानचेस्टर युनाइटेडका विंगर एन्थोनीलाई ब्राजिलियन राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट खेल्ने टोलीबाहिर राखेको छ। 

२३ वर्षीय एन्थोनीविरुद्ध उनकी पूर्वप्रेमिकाले दुर्व्यवहारको आरोप लगाएपछि ब्राजिलियन फुटबल फेडेरेसनले एन्थोनीलाई टोलीबाट बाहिर राखेको हो। ब्राजिलियन फुटबल फेडेरेसनले एन्थोनीलाई लागेको आरोपबारे तथ्य सार्वजनिक गर्न अनुसन्धान गर्नुपर्ने भएकाले टोलीबाट बाहिर राखेको बताएको छ। 

ब्राजिलको समाचार आउटलेट यूओएलले सोमबार एन्थोनीकी पूर्वप्रेमिकाले लगाएको आरोपसम्बन्धी समाचार प्रकाशन गरेको थियो। 

साओ पाउलो र ग्रेटर म्यानचेस्टर प्रहरीले उनकी पूर्वप्रेमिकाले गरेको दाबीबारे अनुसन्धन भइरहेको बताएको छ। तर एन्थोनीले आरोप अस्वीकार गरेका छन्। 

एन्थोनीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्धक्कसँग भन्न सक्छु- आरोप गलत छन्।...मलाई प्रहरीको अनुसन्धानप्रति विश्वास छ, जसले म निर्दोष भएको साबित गर्नेछ।’ 

एन्थोनीकी पूर्वप्रेमिका ग्रेबिएला काभालिनले गत जनवरी १५ मा म्यानचेस्टर होटलको कोठामा हेडबटले हानेको आरोप लगाएकी छन्। जसले उनको टाउकोमा चोट लागेको थियो र डाक्टरको उपचार आवश्यक पर्‍यो। साथै उनले एन्थोनीले आफ्नो छातीमा मुक्का हानेर सिलिकन ब्रेस्ट इम्प्लान्टमा क्षति पुर्‍याएको आरोप पनि लगाएकी छन्। जसका लागि शल्यक्रिया गर्नुपरेको थियो। 

एन्थोनीले आफ्नी पूर्वप्रेमिकासँग सम्बन्ध बिग्रिए पनि आफूले उनलाई कहिल्यै भाैतिक आक्रमण नगरेको दाबी गरेका छन्। 

ग्रेटर म्यानचेस्टर प्रहरीले यी आरोपबारे आफू सचेत रहेको उल्लेख गर्दै अनुसन्धान गर्न आवश्यक रहेको जनाएको छ। अहिले यस विषयमा थप टिप्पणी नगर्ने प्रहरीको भनाइ छ। 

म्यानचेस्टर युनाइटेडले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .