एसिया कप क्रिकेटको फाइनल भिडन्तमा पहिले ब्याटिङमा जाने निर्णय श्रीलंकाका लागि दुर्भाग्यपूर्ण सावित भएको छ।
भारतविरुद्धको फाइनल भिडन्तमा उसले टी-२० फर्म्याटको कम स्कोर गरेको छ। कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहेको खेलमा श्रीलंकाको सुरुवातले उसका समर्थकलाई स्तब्ध बनाएको छ।
श्रीलंकाले केबल १६ ओभर खेल्दै ५० रन बनाएर अलआउट भएको हो।
श्रीलंकालाई इतिहासकै नमिठो झट्का दिने क्रममा भारतका मोहम्मत सिराजले ६ विकेट झारे। उनले चरिथ असालङ्का, सदिरा समरविक्रमा, पथुम निसांका, दसुन शनाका र कुसल मेन्डिसलाई आउट गरे।
पावरप्लेमै ध्वस्त श्रलंका
पावरप्लेमा श्रीलंकाको पूरै टिम ध्वस्त हुन पुग्यो। टिमले १० ओभरमा ३३ रन बनाउँदै ६ विकेट गुमायो। पावर प्लेमा सिराजले ५ र बुमराहले १ विकेट लिए। दशा यस्तो थियो कि श्रीलंकाका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
श्रीलंकालाई ध्वस्त बनाउने क्रममा सिराजले चामिन्डा वासको कीर्तिमान पनि बराबरी गरेका छन्।
मोहम्मद सिराजले वान डे क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व रेकर्डको बराबरी गरेका हु्न्।
सिराजले पावर प्लेमा ५ विकेट लिने क्रममा १६ रन दिए। श्रीलंकाका चामिन्डा वासले सन् २००३ मा बंगलादेविरुद्ध १६ बलमा ५ विकेट लिएका थिए।
श्रीलंकाले १६ रनमै ६ विकेट गुमायो। भारतका लागि हार्दिक पान्ड्याले पनि ३ विकेट लिन सफल भए।
पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाली टिमको सुरुवात निराशाजनक रह्यो। टिमले केबल १२ रनमा छैटौँ विकेट गुमायो।
ओपनर कुशल परेरा, कप्तान दसुन शनाका, सदीरा समरविक्रमा र चरिथ असालङ्का शून्यमै आउट भए। अर्कातिर पथुम नसांका २ र डी सिल्भा ४ रनमा आउट भए।
विकेट
पहिलो : (कुशल परेरा-० रन) : पहिलो ओभरको तेस्रो बलमा जसप्रीत बुमराहले विकेटकिपर केएल राहुलको हातबाट क्याच गराए।
दोस्रो : (पथुम निसाङ्का-२ रन) : चौथौ ओभरको पहिलो बलमा सिराजले जडेजाको हातबाट क्याच गराए।
तेस्रो: (सदीरा समरविक्रमा-० रन): चौथो ओभरको तेस्रो बलमा सिराजले बोल्ड गरिदिए।
चौथो : (चरिथ असालङ्का-० रन) : चौथो ओभरको चौझो बलमा सिराजले ईशान किशनको हातबाट क्याच गराए।
पाँचौँ : (धनञ्जय डी सिल्भा-४ रन) : चौथो ओभरको अन्तिम बलमा सिराजले केएल राहुलबाट क्याच गराए।
छैटौँ : (दसुन शनाका-० रन) : छैटौँ ओभरको चौथो बलमा सिराजले बोल्ड गरिदिए।
सातौँ : (कुशल मेन्डिस-१७ रन) : १२ औँ ओभरको दोस्रो बलमा सिराजले बोल्ड गरिदिए।
आठौं : (दुनिथ वेल्लागे-० रन) : १३ औँ ओभरको तेस्रो बलमा हार्दिक पान्ड्याले केएल राहुलको हातबाट क्याच आउट गरिदिए।
नवौं : (प्रमोद मधुशान-१ रन) : १६ औँ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले विराट कोहलीको हातबाट क्याच आउट गराए।
दसौँ : (महाथिशा पथिराना-० रन) : हार्दिक पाण्ड्याले इशान किसानबाट क्याच गराए।
Shares
प्रतिक्रिया