ad ad

खेल


विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमै, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमै, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार १७:५६, काठमाडौँ

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ।

सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत छ। उता कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। 

नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चगुल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन्। 

नयाँ वरीयताअनुसार नेपालले १७५ औँ स्थानमा यथावत छ। यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो। 

वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ। १५५ औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ।

दक्षिण एसियामा नेपालपछि भुटान १८४ औँमा छ। उता बंगलादेश १८९ औँ स्थानमा छ।  पाकिस्तान १९७ औँ स्थानमा रहँदा श्रीलंका २०२ औँमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .