ad ad

खेल


नेपाल पुलिस क्लब वीरगञ्ज गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब वीरगञ्ज गोल्डकपको फाइनलमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ७:२४, वीरगन्ज

नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ। 

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो। 
    
उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुघन चौधरी घोषित भए । उनलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पङ्कज श्रेष्ठले रु १० हजार पुरस्कार प्रदान गरे। 

पुलिस क्लबले फाइनलमा आज हुने सङ्कटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग सामना गर्ने छ।

प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली  सहभागी छन्।  

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .