ad ad

खेल


फाइनल खेलअघि बीसीसीआई अध्यक्षको चेतावनी- पाँचपटकको विजेता अस्ट्रेलियालाई हल्का रूपमा नलिनू

फाइनल खेलअघि बीसीसीआई अध्यक्षको चेतावनी- पाँचपटकको विजेता अस्ट्रेलियालाई हल्का रूपमा नलिनू

नेपालखबर
मंसिर ३, २०८० आइतबार ८:४८, काठमाडौँ

विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियाबीचको फाइनल खेलअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिन्नीले भारतले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। तर, पाँच पटकको विजेता अस्ट्रेलियाली टोलीलाई हल्का रूपमा लिन नहुने पनि उल्लेख गरेका छन्। 

भारतको अहमदाबादमा मिडियासँग कुरा गर्दै रोजर बिन्नीले भने, ‘भारतीय टोलीले जारी विश्वकपमा अहिलेसम्म निकै राम्रो खेलेको छ। हामीले अहिलेसम्म सबै खेल जितेका छौँ, जुन विश्वकपमा रेकर्ड हो। मलाई विश्वास छ– राम्रो प्रदर्शन गरिरहेको भारतले आजको खेल अझ धेरै राम्रो खेल्नेछ। तर तपाईंहरू अस्ट्रेलियालाई हल्का रूपमा नलिनुहोला। ऊ पाँचपटक विश्व च्याम्पियन भइसकेको टोली हो। तर पनि भारतले खेल जित्नेमा हामी आशावादी छौँ।’ 

भिडिओ-

यसअघि शनिबार भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले विश्वकपको फाइनलका लागि टोली सक्रिय रहेको बताएका थिए। 

विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार भारत र अस्ट्रेलियाबीच भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुँदै छ। फाइनल भिडन्त दिउँसो २ बजे सुरु हुनेछ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .