आइतबार भएको विश्वकप क्रिकेटको फाइनल खेलमा भारत अस्ट्रेलियासँग हारेपछि भारतीय क्रिकेट फ्यान निकै निराश भएका छन्।
बीबीसी हिन्दीसँग कुरा गर्दै भारतीय फ्यानले यो रुनुपर्ने विषय भएको प्रतिक्रिया दिए। भारतीय टोलीले ठूलो विश्वास तोडेको उनीहरूले बताए।
अर्का फ्यानले अतिआत्मविश्वासका कारण भारतीय टोली हारेको बताएका छन्।
उनले भने, ‘खेलाडीको ऊर्जा कम देखियो। बलिङ र फिल्डिङमा कमजोरी थियो। टोलीले महत्त्वपूर्ण दिन गुमायो।’
‘भारतले आज ४० प्रतिशत मात्रै दिएको छ। रोहित शर्माको विकेट पतन खेलको टर्निङ प्वाइन्ट बनेको थियो।’
भारतीय टोली राम्रो लयमा हुँदा पनि के भयो भन्ने प्रश्नको जवाफमा फ्यानले भने, ‘आज (आइतबार) टोलीमा अनुशासनको कमी थियो।’
एक प्रशंसक भन्छन्, ‘आज (आइतबार) अस्ट्रेलियाको दिन थियो। भारतीय टोलीको यति धेरै आलोचना गर्नु ठीक होइन।’
हेर्नुहोस् भिडिओ–
1.2k
Shares
प्रतिक्रिया