विश्वकप क्रिकेटको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग हार्यो। उपाधिका लागि आइतबार भारतमै भएको खेलमा अस्ट्रेलियाले भारतीय टोलीलाई ६ विकेटले हराएको हो।
फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अहमदाबादस्थित रंगशाला पुगेका थिए। खेलमा आफ्नो देशको हार भएपछि उनी भारतीय क्रिकेट टोलीको ड्रेसिङ रुममा पुगेका थिए। त्यहाँ उनले कप्तान रोहित शर्मा, अनुभवी ब्याट्सम्यान विराट कोहली, प्रशिक्षक राहुल द्रविडसहित टोलीका सबै सदस्यालाई भेटे र धाप मारे। यस क्रममा गृहमन्त्री अमित शाह पनि त्यहाँ उपस्थित थिए। प्रधानमन्त्री मोदीले सबै खेलाडीलाई भने, ‘तपाईंहरूले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्नुभयो। तर फाइनलमा हार भयो, यस्तो भइरहन्छ।’
रोहित र कोहलीको हात समात्दै प्रधानमन्त्री मोदीले भने, ‘तपाईंहरू पूरा १०÷१० वटा खेल जितेर फर्किनुभएको छ। यो भइरहन्छ। देशले तपाईंहरूलाई हेरिरहेको छ। मैले सबैलाई भेट्ने सोच गरेँ।’
त्यसपछि मोदीले प्रशिक्षक राहुल द्रविडसँग कुरा गरे र उनको पिठ्युँमा थपथपाए। प्रधानमन्त्री मोदीले उनलाई भने, ‘तपाईंले कडा मेहनत गर्नुभएको छ।’ यसपछि प्रधानमन्त्री मोदीले रवीन्द्र जडेजासँग गुजरातीमा कुरा गरे।
प्रधानमन्त्री मोदीले शामीसँग भने– तपाईंले धेरै राम्रो गर्नुभयो
जडेजालाई भेटेपछि प्रधानमन्त्री मोदीले शुभमन गिलसँग हात मिलाए। यसपछि उनी मोहम्मद शामीकहाँ गएर अँगालो हाले। उनलाई भने, ‘तिमीले यसपटक धेरै राम्रो गर्यौ।’ त्यसपछि उनी जसप्रित बुमराहकहाँ गए र गुजराती बोल्न आउँछ भनेर सोधे। जसमा बुमराहले भने– हल्का।
प्रधानमन्त्री मोदीले खेलाडीहरूलाई दिए निम्तो
सबैलाई भेटेपछि प्रधानमन्त्री मोदी बीचमा उभिए र भने, ‘यस्तो चलिरहन्छ। साथीहरू! एकअर्कालाई प्रोत्साहन गरिरहनुहोस्। तपाईं कुनै दिन दिल्ली आउनुभयो र फुर्सदमा हुनुभयो भने म तपाईंसँग बस्नेछु। मेरो तर्फबाट तपाईंहरू सबैलाई निमन्त्रणा छ।’
हेर्नुहोस् भिडिओ-
#WATCH | Prime Minister Narendra Modi met Team India in their dressing room after the ICC World Cup Finals at Narendra Modi Stadium in Ahmedabad, Gujarat on 19th November.
— ANI (@ANI) November 21, 2023
The PM spoke to the players and encouraged them for their performance throughout the tournament.
(Video:… pic.twitter.com/ZqYIakoIIj
Shares
प्रतिक्रिया