ad ad

खेल


ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच रंगशालामै कुटाकुट, मेस्सीसहितका खेलाडीले छाडे मैदान

ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच रंगशालामै कुटाकुट, मेस्सीसहितका खेलाडीले छाडे मैदान

नेपालखबर
मंसिर ६, २०८० बुधबार ९:५३, काठमाडौँ

ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच रंगशालामै कुटाकुट भएको छ। फिफा विश्वकप फुटबल २०२६ को छनोट खेलअघि बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा झडप भएको हो। 

झगडाका कारण खेल ३० मिनेट ढिला सुरु गरिएको थियो। खेलाडी मैदान प्रवेश गरेर राष्ट्रिय गान गाउँदै गर्दा रंगशालामा समर्थकबीच तनाव भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

कुटाकुट र प्रहरीको लाठीचार्जबाट केही समर्थक घाइते भएका छन्। प्रहरीले अर्जेन्टिनी समर्थकलाई लाठी चार्ज गरेको भन्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसहितका खेलाडीले मैदान छाडेका थिए। 

उनीहरुले समर्थकलाई आक्रमण नगर्न इशारा गर्दा पनि प्रहरी नरोकिएपछि मेस्सीले टोलीलाई ड्रेसिङ रुममा फर्काएका थिए। अर्जेन्टिनी खेलाडीले मैदान छाडेपछि खेल निर्धातिर समयभन्दा ३० मिनेट ढिला गरी सुरु भएको थियो। 

ब्राजिलको घरेलू मैदानमा साविक विश्वविजेता अर्जेन्टिनाले जित हात पारेको छ। डिफेन्डर निकोलास ओटामेन्डीले खेलको ६३औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिना जित दिलाए। 

स्ट्राइकर जोइलिन्टनले मैदान प्रवेश गरेको ९ मिनेटमै रातोकार्ड खाँदा ब्राजिलले खेलमा फर्किने मौका समेत बनाउन सकेन। १–० ले पछि परेको अवस्थामा ७२औं मिनेटमा गाब्रियल म्यागालासको स्थानमा मैदान प्रवेश गरेका जोइलिन्टनले ८१ औं मिनेट मैदान छाड्दा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। 

अर्जेन्टिनाका मिडिफिल्डर रोड्रिगो डे पललाई हातले अनुहारमा हानेपछि उनलाई रेफ्रिले सिधै रातोकार्ड दिएका थिए। 

त्यसपछि ब्राजिल खेलमा फर्किन सकेन र घरेलु मैदानमा अर्को हार बेहोर्‍यो। यो उसको लगातार तेस्रो हार हो। यसअघि कोलम्बिया र उरुग्वेसँग पनि ब्राजिल पराजित भएको थियो। लगातारको हारसँगै ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकामा छैटौं स्थानमा झरेको छ। जितसँगै अर्जेन्टिना भने शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .