ad ad

खेल


केपी ओली कप टी–२० क्रिकेट : गण्डकीको विजयी सुरुवात

केपी ओली कप टी–२० क्रिकेट : गण्डकीको विजयी सुरुवात

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १७:२७, काठमाडौँ

विभागीय टोली एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेशले पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

शुक्रबार भएको समूह–बी को खेलमा एपीएफलाई ४ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित दर्ता गरेको हो। 

एपीएफले दिएको १०२ रनको लक्ष्य गण्डकीले २ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। 

गण्डकीको जितमा मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए। गौरव विक र अविशेक थापाले समान ११ रन बनाए। किरण पौडेलले ७ र अमृत गुरुङले ६ रन थपे। 

एपीएफका लागि अविनास बोहोराले २ विकेट लिए। इर्साद अहमद, अमर राउटेला र अरुण ऐरीले समान १ विकेट लिए। 

त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा गण्डकी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफ १८.४ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो। 

कप्तान प्रदिप ऐरीले बनाएको २० रन नै एपीएफका लागि सर्वाधिक रह्यो। 

सुमित महर्जन र भुवन कार्कीले समान १४ रन बनाए। लोकेश बम र आशिफ शेखले समान १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

एपीएफलाई सस्तैमा रोक्न विपिन कार्की, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ विकेट लिए। 

दिनेश बुढामगर र सुदिप अर्यालले समानले समान एक विकेट आफ्नो नाममा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .