नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलको दोस्रो हाफ जारी रहँदा साविक विजेता काठमाडौँ रेजर्सले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार जारी खेलको दोस्रो हाफमा काठमाडौंले नव प्रवेशी स्पोर्टिङ इलाम एफसीविरुद्ध अग्रता बनाएको हो।
खेलको ५१ औं मिनेटमा राजिव लोप्चनको गोलमा काठमाडौँले सुरुआती अग्रता बनाएको छ। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राजिवले एकुङ्गे जुनिएरको हेडर प्रहार गोलरक्षकले बचाए त्यसकै रिवाउण्ड मै राजिवको पहिलो प्रहार विफल भयो।
त्यसलगत्तै राजिवले दोस्रो प्रयासमा बललाई पोष्टको जाली चुमाएका थिए।
त्यसअघि पाचौँ मिनेटमा काठमाडौका सोख्रुक एमको फ्रिकीक प्रहार इलामका गोलरक्षक विकेश कुथुले सहजै बचाए।
खेलको १३ औं समनेटमा इलामका अमाथ नदावको प्रहार काठमाडौका गोलरक्षक अविशेक बरालले सहजै बचाए। १७ औं मिनेटमा इलामका जितेन्द्र कार्कीको फ्रिकीक सेकेण्ड बारमा लाग्दै बाहिरियो।
Shares
प्रतिक्रिया