ad ad

खेल


राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

नेपालखबर
मंसिर १०, २०८० आइतबार ६:३५, चितवन

अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ। 

शनिबार भएको फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बन्यो। 

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र)मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन्। 

उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले रु पाँच हजार प्राप्त गरिन्। 

च्याम्पियन बनेको धनगढीले ट्रफीसहित रु दुई लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित रौतहटले रु एक लाखमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित रु २० हजार प्राप्त गरिन्।

धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिडफिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए। यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही रु १०–१० हजार प्राप्त गरे।  

नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .