ग्लेन म्याक्सवेल चम्किएको खेलमा अस्ट्रेलियाले भारतलाई तेस्रो टी-२० भिडन्तमा पराजित गरेको छ।
गुवाहाटीमा मंगलबार खेलिएको तेस्रो टी-२० मा अस्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो। भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २२२ रन बनाए पनि नतिजा विपक्षी पोल्टामा गयो।
यस रोमाञ्चक खेलमा ग्लेन म्याक्सवेलले अन्तिम बलमा चौका हानेर अस्ट्रेलियालाई जिताए।
यस खेलमा चम्किएका म्याक्सवेल नै म्यान अफ द म्याच भए। उनले केवल ४८ बलमा १०४ रन बनाए। कप्तान म्याथ्यु वेडले उनलाई साथ दिँदै १६ बलमा २८ रन बनाए।
अस्ट्रेलियाले अन्तिम दुई ओभरमा ४५ रन बनाएर यो खेल भारतीय कब्जाबाट खोस्यो।
भारतका तीव्र गतिका बलर प्रसिद्ध कृष्णा आफ्नो ४ ओभरमा ६८ रन दिएर महँगो सावित भए। भारतको तर्फबाट सबैभन्दा सफल बलर रवि बिश्नोई बने। जसले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए।
यसअघि भारतले ऋतुराज गायकवाडको १२३ रन सहयोगमा २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। कप्तान सूर्यकुमार यादवले ३९ रन र तिलक बर्माले ३१ रन बनाए।
पाँच टी-२० म्याचको यस सिरिजको चौथो खेल शुक्रबार छत्तीसगढको राजधानी रायपुरमा हुनेछ। अन्तिम खेल आइतबार बेंगलुरूमा हुँदैछ।
Shares
प्रतिक्रिया