नेपाल सुपर लिग (एनएसएल) मा आज (शुक्रबार) एफसी चितवन र वीरगन्ज युनाइटेड एफसी भिड्दैछन्।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
लिगमा चितवन तेस्रो र वीरगन्ज दोस्रो खेल खेल्न लागेका हुन्। एनएसलमा अहिलेसम्म दुवै टोलीले जित निकाल्न सकेका छैनन्। लिगमा दुई खेल खेलेको चितवनले एक खेलमा हार र अर्को खेलमा बराबरी गरेको छ। २ खेलबाट १ अंक जोडेको चितवन अंक तालिकाको छैटौँ स्थानमा छ।
चितवनले लिगको दोस्रो खेलमा काठमाडौँसँग १–१ को बराबरी गर्दै अंक बाँडेको थियो। पहिलो खेलमा भने पोखरा थन्डर्ससँग १-० को हार बेहोरेको थियो।
उता वीरगन्ज भने पहिलो खेलमा धनगढी एफसीसँग २-१ ले हार भोगेको थियो। अंकविहीन वीरगन्ज तालिकाको पुछारमा छ।
27
Shares
प्रतिक्रिया