नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा (आई लिग) साविक विजेता गोकुलम केरला एफसीलाई बराबरीमा रोकेको छ।
गोकुलमको घरेलु मैदान ईएमएस कर्पोरेशन स्टेडियममा भएको खेलमा एञ्जिला र गीतासहितको खेलमा सेथुले गोकुलमलाई गोलरहित बराबरीमा रोकेको हो।
गोकुलमविरुद्ध एञ्जिला र गीताले सुरुवाती ११ मा स्थान बनाएका थिए। एञ्जिलाले गत सिजनपनि सेथुबाट नै आई लिग खेलेकी थिइन्। गिताले भने गोकुलमविरुद्धको खेलबाट आई लिगमा डेब्यु गरेकी छिन्।
गत सिजन सेथुमा नै आवद्ध भएपनि गिताले चोटका कारण लिग खेल्न पाएकी थिइनन्।
बराबरीसँगै सेथु १ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। गोकुलम दोस्रो स्थानमा छ। सेथुले अर्को खेलमा २३ सेप्टेम्बरमा इस्ट बगांलसँग उसकै घरेलु मैदान इष्ट बंगाल मैदानमा खेल्नेछ।
लिगमा शनिबार नेपाली टोलीकै मिडफिल्डरद्धय प्रिती राई र दिपा शाही सम्मिलित किक स्टार्ट एफसीले होप्स एफसीसँग खेल्दै लिगको सुरुवात गर्दैछ।
नेपाली टोलीकै डिफेन्डर अमृता जैसी र फरवार्ड रश्मी घिसिङले स्पोर्टस् ओडिसाबाट लिग खेल्नेछन्।
आई लिगमा यो पटक एञ्जिला बाहेकका खेलाडीका लागि आई लिग डेब्यु हुनेछ।
आई लिगमा यो पटक पनि नेपालका ६ खेलाडीले फरक क्लबबाट खेल्दैछन्। गत सिजन खेलेका रेखा पौडेल र अनिता बस्नेत भने यो पटक आई लिगमा कुनै क्लबमा आवद्ध भएनन्।
सरु लिम्बु र रेनुका नगरकोटे भने चोटका कारण मैदान बाहिर छन्। फरवार्ड सावित्रा भण्डारी साम्बा भने इजरायली क्लब हापोयन रानानामा आवद्ध छिन्।
एन्जिलाले पहिला पनि सेथुबाट खेलेकी थिइन्।
Shares
प्रतिक्रिया