नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीविरुद्ध स्पोर्टिङ इलाम एफसीले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा इलामले धनगढीविरुद्ध २–० को अग्रता बनाएको छ।
पहिलो हाफको इन्ज्युरी समयमा इलामका अमाथ एनडको क्रस धनगढीका गोलरक्षक मोहम्मद ताहाले नियन्त्रणमा लिन नसक्दा फोडे कामाराले सहजै पोस्टको जाली चुमाए।
इन्ज्युरी समयमा नै नवीन लामाको कर्नर प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले हातमा लिए पनि नियन्त्रण गुमाउँदा त्यही बलमा ओमानर मोस्तफा थियामले गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसअघि २३औँ मिनेटमा धनगढीका रोहन कार्कीको प्रहार पोस्टको नजिकबाट बाहिरियो।
२९औँ मिनेटमा इलामका इब्राहिम डिजिटेको फ्रिकीक धनगढीका गोलरक्षक मोहम्मद ताहाले पन्च गर्दै जोगाए।
45
Shares
प्रतिक्रिया