नेपाल सुपर लिगमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध एफसी बुटवल लुम्बिनीले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा लुम्बिनीले काठमाडौंविरुद्ध १–० ले अग्रता बनाएको छ।
पहिलो हाफको २९ औं मिनेटमा स्टेफन समिरको गोलमा बुटवलले सुरुआती अग्रता बनाएको थियो।
फरवार्ड जिलेस्पीजगं कार्कीको प्रहार स्टेफन समिरलाई लाग्दै गोलमा परिणत भएको थियो।
त्यसअघि २५ औं मिनेटमा हिसुब थपलियाको फ्रिकीक किंगो ओलिभरको हेडरमा लुम्बिनीका डिफेन्डर थेरी विइकले क्लीयर गर्न नसक्दा सोखरुमले गोलमा परिणत गरेपनि रेफ्रि श्याम दनुवारले अफसाइड दिएका थिए।
४५ औं मिनेटमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकीक काठमाडौका गोलरक्षक अविशेक बरालले पन्च गर्दै बचाए।
३८ औं मिनेटमा काठमाडौंका सोखरुख एम को फ्रिकीक प्रहार लुम्बिनीका गोलरक्षक मोहमदोउले पन्च गर्दै जोगाए।
तेस्रो मिनेटमा नै काठमाडौंका सोखरुख एम को क्रसमा गणेश हमालको प्रहार पोष्टको माथिबाट बाहिरियो।
Shares
प्रतिक्रिया