ad ad

खेल


एष्टोन भिल्लाको उडान : जसले एक सातामै सिटी र आर्सनललाई हरायो

एष्टोन भिल्लाको उडान : जसले एक सातामै सिटी र आर्सनललाई हरायो

नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:१५, काठमाडौँ

लन्डन क्लब एष्टोन भिल्लाले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनललाई हराएको छ। 

शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एष्टोन भिल्लाले आर्सनलाई १–० गोल अन्तरले पाखा लगाएको छ। भिल्लासँगको हारले आर्सनलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमायो। 

खेलको सातौ मिनेटमा नै कप्तान जोन म्याक्जिनको गोलमा अग्रता बनाएको थियो। जुन गोल गनर साईडलाई हराउन पर्याप्त बन्यो। 

आर्सनलले लगातार बलियो टोलीलाई हराउँदै यो सिजन आफु उपाधिका लागि योग्य भएको दाबी गरिरहेको छ। 

अघिल्लो खेलमा साविक विजेता म्यानचेष्टर सिटीलाई हराएको एष्टोनले शनिबार आर्सनललाई हराएको हो। 

एक सातामा नै उपाधि भिडन्तमा रहेका दुई क्लबलाई हराएको एष्टोन भिल्लाले आफ्नो उपाधिको दावेदारी प्रस्तुत गरेको हो। 

यो लयलाई सन् १९०–१ पछिको शीर्ष उडानले उपाधि असम्ध्व पनि देखिएको छैन।   

उच्च लयमा देखिएको भिल्ला यो साता लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। लिगको शीर्ष स्थानमा लिभरपुल र दोस्रोमा आर्सनल छन्। 

सन् २०२३ को अन्तिम सातामा व्यस्त तालिकामा रहेको भिल्लाले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन बाँकी नै छ। 

भिल्लाका लागि डिसेम्बर १७ मा ब्रेन्टफोर्डसँगको यात्रा केही कठिन बन्न सक्नेछ। त्यस्तै डिसेम्बर २७ मा ओल्ड ट्राफोर्डमा हुने म्यानचेष्टर युनाइटेडविरुद्धको भिडन्तमा पनि सचेत बन्न आवश्यक छ।  

प्रिमियर लिगको लगातार आठौं घरेलु जितले यो सिजन भिल्लाको प्रभावलाई देखाइरहेको छ। योसँगै भिल्लाले २१ घरेलु खेलमा १७ जित निकाल्दै नयाँ क्लब कीर्तिमान पनि बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .