ad ad

खेल


एनएसएल : चितवनविरुद्ध ललितपुरको अग्रता

एनएसएल : चितवनविरुद्ध ललितपुरको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १७:५३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनविरुद्ध ललितपुर सिटी एफसीले पहिलो हाफमा अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जारी खेलको पहिलो हाफमा चितवनविरुद्ध ललितपुरले १–० ले अग्रता बनाएको हो। 

खेलको १९औँ मिनेटमा पापा बोउ केपेको गोलमा ललितपुरले सुरुआती अग्रता बनाएको थियो। इमोनले दिएको लामो क्रसलाई दिनेश हेन्जनले नियन्त्रणमा लिदै दिएको पासमा पापा बोउ केपेले पोष्टको जाली चुमाएका थिए। 

पहिलो हाफको इन्ज्युरी समयमा इमोन इजेक्लीको प्रहार पहिलो बारमा लाग्दै बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका गुमायो। 

४२औँ मिनेटमा निखिल सुरेसराओको फ्रिकीक मार्को इभानोभिकलाई लाग्दै बाहिरियो। 

३६औँ मिनेटमा टोरिक जेब्रिनको कर्नर ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले क्लीयर गरे। 

२९औँ मिनेटमा चितवनका विमल घर्तिमगरको प्रहार गोलरक्षक जेफ्री विली आर्सेलले बचाए। ३१ औं मिनेटमा चितवनका रफिक अमिनुले पोष्ट नजिकबाट हानेको प्रहार ललितपुरका गोलरक्षक मार्सेलले पन्च गर्दै बचाउँदा डिफेन्डरले क्लीयर गरे। 

१८औँ मिनेटमा ललितपुरका इमोनले दिएको प्रहारलाई पापाले सदुपयोग गर्न सकेनन्। 

१५औँ मिनेटमा ललितपुरका इमोन इजेक्लेले दिएको क्रस पापा अवोउ केपेले भेट्न नसक्दा गोल गर्ने मौका खेर फाले। १३औँ मिनेटमा दिनेश हेन्जनको प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै जोगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .