नेपाल सुपर लिग (एनएसएल) मा सोमबार पोखरा थन्डर्स र काठमाडौँ रेजर्स भिड्दैछन्।
त्रिपु्रेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिगमा अपराजित रहेको पोखरा काठमाडौँलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ। लिगमा चार खेल खेलेको पोखरा २ खेलमा जित र २ खेलमा बराबरी गर्दै ८ अंकसहित तेस्रो स्थानमा छ।
उता अघिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित हुँदा अपराजित यात्रामा पूर्णविराम लागेको काठमाडौँ आजको खेलमा पोखरालाई हराउँदै शीर्ष चारमा स्थान बनाउन चाहन्छ।
लिगका चार खेलमा एक खेलमा जित, एक खेलमा हार र दुई खेलमा बराबरी गरेको काठमाडौँ ५ अंकसहित पाँचौँ स्थानमा छ।
पोखरा आइकोनिक खेलाडी दिनेश राजवंशीको कप्तानीमा मैदान उत्रनेछ। काठमाडौँले भने पछिल्ला खेलमा कप्तान परिवर्तन गर्दै आएको छ।
15
Shares
प्रतिक्रिया