एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर दीपक बोहोरा आउट भएका छन्।
पाँचौ ओभरको पहिलो बलमा दीपक १ रन बनाउँदा क्याच आउट भए। ११ बलमा १ रन बनाएका दीपक राज लिम्बानीको बलमा अभानिसको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा अर्जुन कुमाल ३ र उत्तम थापा मगर शुुन्य रनमा नटआउट छन्।
दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँचौं ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ।
69
Shares
प्रतिक्रिया